देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमालेकाे चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

0

काठमाडौं – नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमालेले केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका थिए ।

शुक्रबार जारी घोषणापत्रमार्फत एमालेले पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा सुरु भएका काम पनि समेटेको छ।

एमाले घोषणापत्रमा ओली नेतृत्वको सरकारका पालामा संविधान र संघीयताको सफल कार्यान्वयन गरेर नेपालले विश्वमै नयाँ दृष्टान्त स्थापित गर्न सफल भएको देखि कोरोनाअगाडिको अवधिमा मुलुकले ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्दै सम्भावनायुक्त अर्थतन्त्रका रूपमा विश्वको ध्यान आकर्षित गर्न सफल भएको दाबी गरिएको छ।

एमालेले केन्द्रीय घोषणापत्रसँगै ७५३ वटै पालिकाको प्रतिबद्धता पत्र पनि सार्वजनिक भइरहेको छ । सबै पालिकाले आ(आफ्नो क्षेत्रमा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार