देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमालेका केन्द्रीय सदस्य न्यौपानेले छोडे पार्टी

0

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बद्रीप्रसाद न्यौपानेले पार्टी परित्यागको घोषणा गरेका छन्।

पूर्वमन्त्रीसमेत रहेका न्यौपानेले चुनावी गठबन्धनमा आपत्ति जनाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्। उनले उपेन्द्र यादव नेतृत्वको जसपालाई एमालेले गठबन्धनमा समावेश गरेको भन्दै आपत्ति जनाएका छन्।

‘२०६२/६३ को मधेशवादी दलले गरेको साम्प्रदायिक ज्यादतिदेखि मधेशी पहाडीबीचको विभेदपूर्ण आन्दोलनलाई प्रतिकारको रुपमा राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रियता बचाउनको लागि चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले सम्पूर्ण मधेश प्रदेशमा साम्प्रदायिक आन्दोलनविरुद्ध आन्दोलन गरेको थियो’, उनले भनेका छन्, ‘त्यो आन्दोलनका क्रममा भावरवासी शहिद हुनुका साथै कयौँ घाइते भएका थिए। मधेशमा सदभाव कायम गर्न र पहाडीया समुदायलाई बचाउन ठूलो योगदान गरेको कुरा सबैमा जगजाहेर नै छ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार