देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमालेका घनश्याम भुसाल र प्रभु साहसहित १४ नेता निष्काशित

0

काठमाडौं – नेकपा एमालेले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहसाहित विभिन्न कमिटीका १४ जना नेतालाई पार्टिबाट निष्काशन गरेको छ।

शनिबार एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको र पार्टीविरुद्ध लागेको भन्दै ती नेताहरूलाई कारबाही स्वरुप पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो।

निष्काशित हुनेहरुमा स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साह, केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह (रौतहट), कुन्दन कुशवाह (रौतहट), रामप्रित राम (सिराहा), बद्री न्यौपाने (सर्लाही), रीता साह (सर्लाही), गंगा चौधरी (दाङ), टेकबहादुर बलम्पाकी मगर (महोत्तरी), केन्द्रीय निकायका वांदी शेर्पा (ताप्लेजुङ), खेम सुवेदी (कञ्चनपुर), भक्तबहादुर अधिकारी (कञ्चनपुर), लक्ष्मी साह (कैलाली) रहेका छन्।

यस्तै समानुपातिकतर्फको बन्दसूचिमा नाम रहेकी जैनव खातुन पनि पार्टी विरोधी गतिविधिमा लागेकाले उनको नाम सूचिबाट हटाइएको एमालेले जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार