देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमालेका ‘१० नेता’ लाई ससर्त टिकट !

0

काठमाडौं – नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनकोलागी टिकटको औपचारिक निर्णय हुनुपूर्व एमाले अध्यक्ष केपी शर्मा ओलीले १० नेतालाई आत्मालोचना गराउन खोजेका छन् ।

विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रूपमा आफूले गरेका कामको विरोध गर्ने एमालेको आन्तरिक विवादमा माधवकुमार नेपालनिकट रहेका तर विभाजनका बेला मूल पार्टीमै बसेका १० नेतालाई अध्यक्ष ओलीले अनुशासन उल्लंघनको विषय बनाएर आत्मालोचना गराउन खोजेका हुन् ।

ति दश नेता मध्ये गत वर्ष चितवनमा भएको दसौं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल अहिले एमालेको कुनै कमिटीमा छैनन् ।

तत्कालिन अवस्थामा एमालेमा भएको विवादमा माधवकुमार नेपालनिकट रहेका तर विभाजनका बेला मूल पार्टीमै बसेका १० नेतामध्ये उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र रघुजी पन्त, केन्द्रीय सदस्य भीम आचार्य, भीम रावललगायत नेता आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका रूपमा जिल्ला र प्रदेश तहबाट सिफारिस भएका छन् ।

यसरी सिफारिस भएर आएकामध्ये पन्तलाई भने समानुपातिक सूचीमा राखिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार