देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमालेको अनुपस्थितीमा शाहीलाई विश्वासको मत

0

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिएका छन् ।

मुख्यमन्त्री शाहीले  बुधबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएपछि विश्वासको मत पाएका हुन् । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए ।

सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत परेको र यो कर्णाली प्रदेशसभाको सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

मुख्यमन्त्री शाहीलाई उनको दल नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले मत दिएका छन् । बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरु भने सहभागी थिएनन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार