देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमालेको अवरोधका कारण प्रतिनिधि सभा बैठक भदाै ३ गते बस्नेगरी स्थगित

0

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका कारण प्रतिनिधि सभाको सोमबारको बैठक पनी स्थगित भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेर बैठक अवरोध गरेको हो ।

छानबिन आयोग गठनको आफूहरुको माग कायम रहेको र छानबिन आयोग गठन नभएसम्म बैठक सञ्चालन गर्न नदिने एमालेले बताएसँगै सभामुख देवराज घिमिरेले आगामी बैठक भाद्र ३ गते आइतवार दिउँसो १ बजेसम्मका लागी बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा एमालेको अवरोधका बीचमै बोल्दै नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरुको सरकारको नेतृत्व गरेको अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्ति पछि नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए। यद्यपि सांसद शर्माले आफ्नो कुरा जारी राखे । शर्माको मन्तव्य सकिएसँगै सभामुखले नेकपा(एमाले)का सांसद मानवीर राईलाई बोल्न समय दिएका थिए ।

सभामुखले सांसद राईलाई बोल्न रोक्दै कुन विषयमा नियमापत्ति हो भनि प्रमुख सचेतक पाण्डेलाई सोधेका थिए । पाण्डेले सांसद शर्माले प्रधानमन्त्रीलाई आतंककारी भनेको भन्दै सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।

उनले भने – ‘यतिखेर एउटा माननीयले प्रधानमन्त्रीलाई आतंककारी भन्नेकुरा कसरी आउने हुन्छ ? कसरी सम्भव हुन्छ ? यो रेकर्डबाट हटाइनुपर्छ । र कारबाही गरिनुपर्छ । आतंककारी शब्द कसरी राख्न पाइन्छ ?’

सभामुखले प्रमुख सचेतक पाण्डेको भनाईमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै एमाले सांसद राईलाई पुनः बोल्न समय दिए । सांसद राईले सरकारले सुन तस्करीको विषयमा गरिरहेको छानबिनको विश्वसनीयता र सान्दर्भिकता नभएको भन्दै छानबिन आयोग गठनको आफूहरुको माग कायम रहेकाले संसद बैठकमा आफुहरुको बिरोध कायम रहने जानकारी गराए ।

त्यसपछि सभामुखले शुन्य समयको कार्यक्रम प्रारम्भ हुने बताएसँगै एमालेका सांसदहरु नाराबाजी गर्न थालेसँगै सभामुखले बैठक स्थगित गर्दै आगामी बैठक भदौ ३ गते आइतवार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार