देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमालेको ऐतिहासिक भनिएको स्थायी कमिटी बैठकका निर्णयहरु

0

काठमाडौं – नेकपा एमालेले केन्द्रीय कमिटी, जिल्ला कमिटी र सबै कमिटीलाई २०७५ जेठ २ गते अनुसार फर्काउने निर्णय गरेको छ ।

ललितपुरमा एकताका लागि भन्दै ‘तेस्रो धार’का रुपमा देखा परेका नेताहरुसहित बसेको एमालेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गर्दै यसका लागि पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील गराउने निर्णय गरेको हो ।

बैठकले महासचिव ईश्वर पोखरेलसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा लेखराज भट्ट सम्मिलित एक कार्यद गठन गरेको छ । उक्त कार्यदलले केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनयनका लागि आवश्यक सिफरिस गर्ने प्रवक्ता प्रदिप ज्ञवालीले बताए ।

उनका अनुसार बैठकले विधान अधिवेशन असोज ४ गतेदेखि देखि ६ गते काठमाडौंमा गर्ने र मंसिर १०, ११ र १२ गते राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै बिधान अधिवेशनका बारेमा छलफल गर्न पार्टीको स्थायी कमिटी बैठक भाद्र २५ र २६ गते र केन्द्रीय कमिटी २७ र २८ गते गरिने प्रवक्ता ज्ञवालीले बताए । त्यस्तै, भदौ १६ देखि २० गतेसम्म जिल्ला कार्यकर्ता भेला गर्ने निर्णय पनि बैठकले गरिएको छ ।

त्यस्तै स्थायी कमिटी बैठकले पार्टी बिभाजनमा गएका माधव नेपाल लगायतका नेताहरूलाई ‘मूलघर’मा फर्किन आह्वान गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार