देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमालेको चियापान कार्यक्रम एकदिन पछी सर्यो

0

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेको चियापान कार्यक्रम एकदिन पछी सरेको छ ।

एमालेले कात्तिक १४ गतेलाई तय गरेको चियापान कार्यक्रम भोलिपल्ट अर्थात कात्तिक १५ गतेलाई सारेको एमाले सचिवालयले जनाएको छ ।

एमालेले दसैँ, तिहार, छठ लगायत पर्वहरूको अवसरमा बर्षेनी चियापान कार्यक्रम आयोजना गर्ने गरेको छ ।

यो वर्ष कात्तिक १४ गते शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखिएकोमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिका त्यसैबेला परेकाले एक दिनपछि कात्तिक १५ गतेलाई सारिएको एमालेले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार