देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमालेको विजय र्‍यालीलाई ओलीले सम्बोधन गर्ने

0

काठमाडौं – इलामको प्रतिनिधिसभा २ मा विजयी भएसँगै नेकपा एमालेले आज विजय र्‍याली गर्दैछ।

इलाम बजारमा दिउँसो एक बजे हुने सभामा पार्टी अध्यक्ष केपी ओलीसहितका नेताले सम्बोधन गर्ने एमालेले जनाएको छ।

इलाम बजारको सभा सकेपछि नवनिर्वाचित संघीय सांसद सुहाङ नेम्बाङ इलाम २ का सबै पालिकामा मतदातालाई धन्यवाद ज्ञापनका लागि पुग्नेछन्।

एमाले उम्मेदवार नेम्वाङ २७ हजार सात सय ७२ मतसहित इलाम २ मा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार