देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘एमालेको सरकार हेर्न अब एकबर्ष पनि कुर्नु पर्दैन’ – ओली

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो एमालेले सरकार बनाउने दाबी गरे।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सम्पदाहरुको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरुले आफूलाई सरकारबाट हटाएको बताउँदै अब मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई जितानुपर्ने बताए ।

अध्यक्ष ओलीले मुलुक निर्माण गर्ने साझा उद्देश्य प्राप्तीका लागि आफ्नो पार्टीमा आउन अन्य पार्टीका कार्यकर्ताहरुलाई आह्वान गरे। उनले आफूले सरकारमा रहेर केही काम गर्न नटबोल्ट जोड्ने काम गरे पनि अरु कसैले फुस्काएदिएको आरोप लगाए।

उनले अघिल्लोपटक नेपाललाई भूजडित देशको रुपमा स्थापित गराउँदा आफूलाई सरकारबाट हटाएको आरोप समेत लगाए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार