देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमालेको ५६ जिल्लामा अधिवेशन सम्पन्न,कुन जिल्लामा को भए अध्यक्ष ?

0

काठमाडौं – प्रमुख प्रतिपक्षीदल नेपाल कम्युनिष्ट पार्टि एमालेको अधिकांश जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिबेशनले धेरैजसो सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेको छ भने केही जिल्लाहरुमा निर्वाचन भएको छ। अधिकांशमा जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको एमालेले जनाएको छ।

एमाले केन्द्रीय प्रचार प्रसार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ५४ जिल्ला र २ विशेष जिल्लाको पार्टी नेतृत्व चयन भएको छ।

पछिल्लो विवरण अनुसार दार्चुलामा प्रेमसिंह धामी, जाजरकोटमा खिमबहादुर शाही, सुर्खेतमा अमृत बीसी र कास्की मनबहादुर गुरुङ अध्यक्ष बनेका छन्।

कुन-कुन जिल्लामा को-को भए अध्यक्ष ?

१. झापा- दीपक कार्की
२. पाल्पा- धनेन्द्रराज घिमिरे
३. दाङ- हुकुमबहादुर बस्नेत
४. डोल्पा- शेरबहादुर बुढा
५. सल्यान- गोविन्द पुन
६. बर्दिया- लालबहादुर श्रेष्ठ
७. बाँके- किस्मतकुमार कक्षपति
८. धादिङ- भूमि त्रिपाठी
९. अर्घाखाची- पीताम्बर भुसाल
१०. मोरङ- ऋषिकेश पोखरेल
११. काभ्रे- अशोक ब्याञ्जु
१२. भक्तपुर- बचन देउजा
१३. गुल्मी- बालसिंह काउछा
१४. खोटाङ- रामप्रसाद दंगाल
१५. सप्तरी- ताराकान्त चौधरी
१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा- इन्द्रमणि पराजुली
१८. रसुवा- कर्णेल लामा
१९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु- डम्बर शर्मा
२१. नुवाकोट- बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम- तेजमान कन्दङ्वा
२३. रुपन्देही- तेजेन्द्र केसी
२४. लमजुङ- कृष्णप्रसाद अधिकारी
२५. पाँचथर- राजकुमार भण्डारी
२६. रामेछाप- आनन्द श्रेष्ठ
२७. गोरखा- प्रेमबहादुर गुरुङ
२८. मकवानपुर- एकलाल श्रेष्ठ
२९. डडेल्धुरा- प्रकाश सावँद
३०. भोजपुर- शरण राई
३१. बैतडी- सुरेन्द्र पाल
३२. म्याग्दी- देवेन्द्र केसी
३३. जुम्ला- शान्तिलाल महत
३४. ललितपुर- पुरुषोत्तम आचार्य
३५. सिन्धुली- कुमारबहादुर कार्की
३६. इलाम- महेश बस्नेत
३७. सोलुखुम्बु- डुफकुमार बॉस्तोला
३८. प्युठान- विजयविराज विष्ट
३९. पर्वत- राजुप्रसाद पौडेल
४०. डोटी- चक्र मल्ल
४१. रुकुम पश्चिम- नन्दराम देवकोटा
४२. उदयपुर- परमेश्वर घिमिरे
४३. दोलखा- नरबहादुर श्रेष्ठ
४४. नवलपरासी (पूर्व)- मुक्तिराम पाण्डे
४५. ओखलढुंगा- शंकर कटवाल
४६. सिराहा- चन्द्रेश्वर मण्डल
४७. कैलाली- रतन थापा
४८. ताप्लेजुङ- भुपेन्द्र थेबे
४९. बाजुरा- कालीबहादुर शाही
५०. काठमाडौं- दीपक निरौला
५१. बाग्लुङ- हिरा केसी
५२. स्याङ्जा- सूर्य गैरे
५३. दार्चुला- प्रेमसिंह धामी
५४. जाजरकोट- खिमबहादुर शाही
५५. सुर्खेत- अमृत बीसी
५६. कास्की- मनबहादुर गुरुङ

विशेष जिल्ला कमिटी
१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष- उमेश ढकाल

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार