देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमालेबाट निर्वाचित मेयरसहित पाँचजना वडाध्यक्ष नेकपा एसमा

0

काठमाडौं – नेकपा एमालेबाट निर्वार्चित बेदकोट नगरपालिका मेयर नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन्।

बेदकोट नगरपालिका मेयर अशोक चन्दसहित सोही नगरपालिकाका विभिन्न पाँचवटा वडाका वडाअध्यक्ष पनि समाजवादीमा प्रवेश गरेका छन्। पार्टीमा नवप्रवेहीहरूलाई अध्यक्ष माधव नेपालले स्वागत गरेका छन्।

यस्तै एमाले प्रदेश कमिटी सदस्य गजेन्द्र राना, जिल्ला कमिटी सचिवालय सदस्य हरिराम चौधरी, जिल्ला सचिवालय सदस्य तथा बेदकोट नगर कमिटी अध्यक्ष महेशराज जोशीलगायतका नेता तथा कार्यकर्तासमेत समाजवादीमा प्रवेश गरेको उपमहासचिव तथा प्रचार प्रसार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

१० वटा वडा रहेको बेदकोट नगरपालिकामा आठ वडाअध्यक्ष एमालेबाट निर्वाचित छन्। एमालेमा रहँदा माधव नेपाल पक्षमामा रहेका चन्द एमालेको जिल्ला अधिवेशनमा सचिव पदमा उठेर पराजित भएका हुन्। पार्टी विभाजनसँगै पार्टीभित्रै अन्तरसंघर्ष गर्दै आएका चन्द अन्ततः समाजवादीमा लागेका हुन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार