देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमालेबाट समानुपातिकमा को-को छानिँदै छन् ?

0

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभातर्फको समानुपातिकबाट निर्वाचित हुने ३४ मध्ये १९ महिला र १५ पुरुष मध्ये कुन समूहबाट कति जना पठाउने भन्ने प्रारम्भिक प्रस्ताव तयार गरेको छ । एमाले स्रोतका अनुसार प्रस्तावमाथि छलफल र निर्णय गर्न शुक्रबार एमालेको सचिवालय बैठक बस्दै छ ।

एमालेले तयार पारेको प्रारम्भिक प्रस्तावमा खास आर्यतर्फ ६ महिला र ५ पुरुष, आदिवासी तथा जनजातीतर्फ ५ महिला र ५ पुरुष, मधेशीतर्फ ३ महिला र २ पुरुष, दलिततर्फ ३ महिला र २ पुरुष, थारुतर्फ १ महिला र १ पुरुष तथा मुस्लिममा एक महिला पठाउने उल्लेख छ ।

यो प्रस्ताव अनुसारकै सूची हेरफेर नगरी एमालेको सचिवालयले पारित गरेमा निर्वाचन आयोगमा यसअघि बुझाएको बुन्दसूचीको क्रमसंख्याको आधारमा को को व्यक्ति पर्छन् भन्ने निश्चित हुन्छ ।

खस आर्य पुरुष

यो प्रस्ताव अनुसार खस आर्य समुहबाट ५ पुरुष पठाउँदा रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौंदी, दयालबहादुर शाही, खिमलाल पोखरेल पर्छन् ।

खस आर्य महिला

खस आर्यका ६ जना महिलामा मेनका पोखरेल, सरिता भूसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला र सम्झना थपलिया पर्ने छन् ।

आदिवासी जनजाती पुरुष

आदिवासी जनजातितर्फ १० मध्ये ५ महिला र ५ पुरुष पठाउने प्रस्ताव छ । यसअनुसार आदिवासी जनजाति पुरुष ५ जनामा देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, भीमबहादुर खवास, सरोज डंगोल रहेका छन् ।

आदिवासी जनजाती महिला

आदिवासी जनजातीतर्फ ५ महिलामा नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमार बलम्पाकी रहेका छन् ।

दलित पुरुष

एमालेले दलित ५ जना पठाउनुपर्ने छ । त्यसअन्तर्गत दलितर्फ २ पुरुषमा ईश्वरबहादुर रिजाल विश्वकर्मा, प्रभु हजारा दुसाध पर्छन् ।

दलित महिला

दलिततर्फ ३ महिलाामा रुक्मिणी राना बराईली, हर्कमाया विश्वकर्मा र ईन्दिराकुमारी पन्थी रहेका छन् ।

मधेसी पुरुष

मधेसी ५ सिटमा एमालेले पुरुषतर्फ २ जना पठाउने प्रस्ताव गरेको छ । यसअनुसार बन्दसूचीमा मधेसी पुरुषको पहिलो र दोस्रो नम्बरमा गंगाप्रसाद यादव र अमृतलाल राजवंशी पर्छन्

मधेसी महिला

तीन मधेसी महिलामा विनिता देवी, अमृता अग्रहरी र प्रतिक्षा तिवारी मुखियाको नाम बन्दसूचीमा छ ।

थारु पुरुष/ महिला

एमालेले थारुतर्फ दुई जना पठाउनुपर्ने छ । त्यसअनुसार महिला र पुरुष एक/एक जना पठाउने प्रस्ताव गरेको छ । थारु पुरुषको एक नम्बरमा सत्यनारायण चौधरी र महिलामा अस्माकुमारी चौधरी छन् ।

मुस्लिम

मुस्लिमतर्फ एक महिला पठाउँदा बन्दसूचीअनुसार रुही नाज पर्छिन् ।

खास आर्यबाट बन्द सूचीमा रहेका शाहीले पिछडिएको क्षेत्रको पनि प्रतिनिधित्व गर्दछन् भने आदिवासी जनजातीका पुरुषमा पर्ने कालुराम राई दृष्टिविहीन हुन् ।

जनजाती आदिवासीको पहिलो नम्बरमा रहेका भट्टचन गत आमनिर्वाचनमा नेपाली कांग्रेसको आदिवासी जनजातीको सूचीमा रहेका थिए ।

त्यसैगरी मधेशी महिलाको दोस्रो नम्बरमा रहेकी अग्रहरी चुनावको ठिकअघि जसपाबाट एमालेका प्रवेश गरेकी हुन । त्यसैगरी मुस्लिम महिलातर्फ पहिलो नम्बरमा रहेकी रुही नाज पनि जसपाबाटै एमालेमा आएकी हुन् । मधेसी पुरुषमा रहेका अमृतलाल राजवंशी पनि कांग्रेसबाट एमाले प्रवेश गरेका हुन् । खास आर्यमा पहिलो नम्बरमा रहेका पन्त एमाले स्थायी कमिटीका सदस्य हुन् ।

हेर्नुहोस् नेकपा एमालेको प्रतिनिधिसभातर्फको समानुपातिक सूचि

कान्तिपुर दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार