देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमालेमा नयाँले टिकट पाउने भएपछि पुरानाले पार्टी छोडे

0

काठमाडौं – नेकपा एमाले नेता गंगाराम यादव जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्ने भएका छन् ।

धनुषा क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवारी दिने तयारीमा रहेका यादवलाई टिकट नदिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्ति मात्र भित्र्याएका लोसपा प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अगरियालाई टिकट दिने पक्का भएपछी उनी एमाले त्यागेर जसपा प्रवेश गर्न लागेका हुन् ।

नेता यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको र एमाले प्रमाणीकरण गर्नुपर्ने पक्षमा नउभिएकोमा आपत्ति रहेकाले पार्टी त्याग्न लागेको जानकारी दिए ।

एमाले अध्यक्ष ओली जनकपुरधाम आउँदा यादवले विमानस्थलमै पुगेर स्वागत गरेका थिए । स्रोतका अनुसार उनलाई जसपा अध्यक्ष यादवले धनुषा २ बाट उम्मेदवार बनाउने वाचन दिएर पार्टी प्रवेश गराउन लागेका छन् । यसअघि अध्यक्ष यादवले बलराम महतोलाई पनि टिकटकै लोभ दिएर पार्टी प्रवेश गराएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार