देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पूर्वमाओवादी पक्षले एमालेसँग जे माग्यो त्यहि पायो

0

काठमाडौं – नेकपा (एमाले) को नयाँ केन्द्रीय कमिटिमा पूर्वमाओवादी नेताहरुले मागेकै जति पद पाएका छन्। चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट एमालेका १९ पदाधिकारीमधये तीन जना पूर्वमाओवादी पक्षका नेताहरु निर्वाचित भएका छन्।

उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’, सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट निर्वाचित भएका हुन्। उनीहरु एमाले नेताभन्दा लोकप्रिय मतसहित विजयी भएका हुन्।

एमालेमा लामो समय राजनीति गरेका घनश्याम भुसाल उपाध्यक्षमा पराजित हुँदा पनि पूर्वमाओवादीपक्षका नेता बादल उपाध्यक्षमा निर्वाचित भएका छन्।

यस्तै सचिव पदका उम्मेदवार भीम आचार्य र टंक कार्की पराजित भएका छन्। तर, पूर्वमाओवादी पक्षका रायमाझी र भट्ट निर्वाचित भएका छन्।

यससँगै एमालेको नयाँ केन्द्रीय कमिटीमा माओवादीपक्षको उत्साहजनक सहभागिता भएको छ। जसमा मणि थापा, प्रभु साह, गिरिधारीलाल न्यौपाने, पासाङ शेर्पा, ज्वालाकुमारी साह, टंकबहादुर आङबो धर्मराज रेग्मती निर्वाचित भएका छन्।

यस्तै दावा लामा, गौरीशंकर चौधरी, दधिराम न्यौपाने, झपट बोहरालगायत नेता निर्वाचित भएका छन्। त्यसमध्ये मणि थापा र प्रभु साह स्थायी कमिटीमा उक्लनसक्ने देखिएको छ। अन्य केन्द्रीय कमिटी र पोलिटब्यूरोमा रहने स्थिति देखिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार