देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमालेले गुमायो उपत्यकाका ६ स्थानीय तह

0

काठमाडौं – एमालेले उपत्यकाका ६ स्थानीय तह गुमाएको छ । ६ मध्ये पाँच कांग्रेस र एक राष्ट्रिय प्रजातन्त्र पार्टीले खोसेका छन् ।

एमालेले जितेको काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह अग्रस्थानमा छन् । उनलाई एमालेका केशव स्थापितले पछ्याइरहेका छन् ।

त्यस्तै कागेश्वरी मनहरा नगरपालिका प्रमुखमा कांग्रेसका उपेन्द्र कार्की विजयी भएका छन् । एमालेका रामशरण ढुंगाना पराजित भए । यसअघि कागेश्वरी प्रमुखमा एमालेका कृष्णहरि थापाले जितेका थिए ।

यसैगरी दक्षिणकाली नगरपालिका प्रमुखमा कांग्रेसका मोहन बस्नेतले एमालेका श्रीराम आचार्यलाई पराजित गरे । चन्द्रागिरि नगरपालिका मेयरमा कांग्रेसका घनश्याम गिरी निर्वाचित भएका छन् । उनले एमालेका उत्तमबाबु राउतलाई पराजित गरे ।

कीर्तिपुर नगरपालिकापनि यसपटक कांग्रेसले एमालेबाट खोसेको छ । नगरपालिकामा कांग्रेसका राजकुमार नकर्मी विजयी भए । एमालेका केशरत्न बज्राचार्य पराजित भए । यसअघि कीर्तिपुरमा एमालेका रमेश महर्जन निर्वाचित भएका थिए ।

यसअघि एमालेले जितेको तारकेश्वर नगरपालिकामा कांग्रेसका कृष्णहरि महर्जन विजयी भए । उनले एमालेका रामेश्वर बोहरालाई पराजित गरे ।

त्यस्तै शंखरापुर नगरपालिका प्रमुखमा राप्रपाका रमेश नापित विजयी भएका छन् । ०७४ को निर्वाचनमा एमालेका सुवर्ण श्रेष्ठ मेयर थिए । नागार्जुन नगरपालिकामा कांग्रेसका मोहनबहादुर बस्नेत अगाडि छन् । एमालेका नन्दहरि गौतमले बस्नेतलाई पछ्याइरहेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार