देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमालेसँगको बैठकपछि काँग्रेस नेता आन्तरिक छलफलमा

0

काठमाडौं – सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकिएसँगै नेपाली काँग्रेसका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए ।

त्यस्तै नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए ।

एमाले नेताहरू बालुवाटारबाट बाहिरिने क्रममा कसैले पनि बैठकबारे प्रतिक्रिया दिएनन् । यद्यपि दुई पार्टी बीचको छलफल सकारात्मक दिशामा अघि बढेको बताइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार