देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले अध्यक्षमा दोस्रोपटक ओली विजयी

0

काठमाडौं – नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् ।चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई पराजित गर्दै ओली अध्यक्ष बनेका हुन् ।

एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले दिएको जानकारी अनुसार अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८०८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरेका छन् ।

एमालेमा सर्वसम्मति प्रयास असफल भएपछि ओली र रावलबीच चुनाव भएको थियो । अघिल्लो नवौं महाधिवेशनमा माधव नेपाललाई झिनो अन्तरले पराजित गरेका ओलीले यसपाली रावलमाथि सहज जित हासिल गरेका छन् ।

त्यस्तै पदाधिकारीमध्ये उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मतसहित विजयी नजिक छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार शाक्यले हालसम्म १९७६ मत पाइसकेकी छन् ।

त्यस्तै सुरेन्द्र पाण्डेले १९२५ मत, सुवास नेम्बाङले १८६५ मत, विष्णु पौडेलले १८५६ मत, युवराज ज्ञवालीले १८४२ मत, रामबहादुर थापा बादलले १७६८ मत र घनश्याम भुसालले सबै भन्दा कम ७२५ मत पाएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार