देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले अध्यक्ष ओलीलाई कारबाहीको माग गर्दै प्रशासनमा उजुरी

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग उजुरी गरिएको छ । कोरोना संक्रमित हुँदाहुँदै बालकोटस्थित रक्तदान कार्यक्रममा संक्रामक रोग ऐन २०२० विपरित सहभागी भएको भन्दै अभिजित अधिकारी र वीरेन्द्र मडैले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कारबाहीको लागि आइतबार  उजुरी दर्ता गराएका हुन् ।

कोरोना संक्रमित हुँदाहुँदै माघ १२ गते एमालेको भातृ संगठन युवा संघद्वारा आयोजित रक्तदान कार्यक्रममा हुलहुज्जतसहित सरिक भई आफूलाई सामान्य संक्रमण भएको निवेदनमा भनिएको छ ।

कोरोना संक्रमित ओलीले कोरोना संक्रमण फैलाउनुका साथसाथै भ्रमित अवस्था सिर्जना गरेको भन्दै संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम कारबाहीको माग गरिएको छ ।

निवेदन पत्रमा भनिएको छ, ‘यसरी आफू कोरोना संक्रमण फैलउने कार्य गरी संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुन बमोजिम आवस्यक कारवाही गरी पाउ ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार