देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी  बेरीले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।

मंगलबार अपराह्न ओलीसँग बेरीले ओली निवास बालकोटमा भएको भेटमा सदनमा पेश भएको एमसीसीसँगको सम्झौताबारे छलफल भएको ओलीले निजी सचिवालयले जनाएको छ।

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको विरोधबीच फागुन ८ गते सम्झौता प्रतिनिधि सभामा पेश भएको थियो। फागुन १२ गतेदेखि सैद्धान्तिक छलफलको तयारी भए पनि प्रमुख विपक्षी दलको अवरोध जारी छ।

बेरीसँगको भेटपछि ओलीले अहिले प्रधानमन्त्री शेरबहादुर देउवासँग वालुवाटारमा वार्ता गरिरहेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार