देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले उपाध्यक्ष उम्मेदवार कांग्रेस प्रवेश

0

सिन्धुपाल्चोक – सुनकोशी गाउँपालिकामा एमालेका तर्फबाट उपाध्यक्षकी उम्मेदवार मन्जु नेपाल भण्डारी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

सुनकोशी गाउँपालिकामा एमाले र माओवादीबीच तालमेल भएपछि शुक्रबार उनको उपाध्यक्षको उम्मेदवारी फिर्ता लिइएको थियो । उपाध्यक्षबाट उम्मेदवारी फिर्ता लिएपछि उनले शनिबार पार्टीबाट अलग भएको विज्ञप्ति निकालेकी छन् ।

शनिबारै उनी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीमा स्वागत गरेका छन् ।

प्रदेश कमिटीले निर्णय गरेको उम्मेदवारलाई कुनै पनि छलफलमा नगराई  जबर्जस्ती उम्मेदवारी खारेज गरिएकोमा भण्डारीले आक्रोस प्रकट गर्दै २४ बर्षे कम्युनिष्ट पार्टीको यात्रा परित्याग गरेकी हुन् ।

सुनकोशी गाउँपालिकामा भण्डारीको उम्मेदवारी फिर्ता गराई माओवादी र एमाले गठबन्धनम गरेका छन् । एमालेका टपेन्द्र तिमिल्सिनालाई अध्यक्ष र माओवादीका तर्फबाट उपमेयर दुर्गा थापा हुनेगरी सहमति गरिएको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार