देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले उपाध्यक्ष पौडेलसहितको टोली चीन जाँदै

0

काठमाडौँ – एमाले उपाध्यक्ष विष्णु पौडेलसहितको टोली चीन भ्रमण जाने भएको छ ।

हिमालय एयरलाइन्सको सोमबार बिहान ९:१० बजेको उडान मार्फत चीन जान लागेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनका अनुसार एक साताकालागी चिन भ्रमणमा जान लागेको टोलिमा एमालेका उपाध्यक्ष पौडैल, नेताहरु काशीनाथ अधिकारी, पुष्प कँडेल र मिना रखाल सहभागी छन् ।

चीनको युनान राज्यको कुनमिङ सहरमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन एमाले टोली भ्रमणमा जान लागेको हो । उक्त कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी)का विदेश विभाग प्रमुख सङ ताओलगायतका नेताहरुसँग भेट गर्ने कार्यक्रम पनि तय भएको एमाले स्रोतले बताएको छ । उनीहरु सीपीसीको निमन्त्रणामा जान लागेका हुन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको तयारी भइरहँदा एमालेको टोली चीनतर्फ गएको हो । अर्को साता चिनियाँ विदेशमन्त्री यी नेपाल आउँदै छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार