देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले उपाध्यक्ष भीम रावल अध्यक्षमा उठ्ने

0

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन् ।

एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै डा. रावलले एमाले अध्यक्षमा उम्मेद‍्वारी दिने घोषणा गरेका हुन् । कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको उनको भनाई थियो ।

‘मैले कार्यकर्तालाई आफू कुन पदमा उठ्दा उपयुक्त होला भनेर सोधेको थिए । उहाँहरूले अध्यक्ष पदमा लड्न आग्रह गरिरहनु भएको छ’, रावलले भने ।

नेकपा एमाले साँफेबगर नगर संगठन कमिटीका अध्यक्ष ललित कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवरलगायत सहभागी थिए

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार