देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले – ओली समुहको बैठक स्थगित, नेपाल समुहको बैठक भने जारी

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेकपा (एमाले) स्थायी समितिको आज बस्‍ने भनिएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह चार बजे बस्‍ने भनिएको बैठक स्थगित भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

सचिव तामाङका अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको हो । बैठकबारे थप आन्तरिक गृहकार्य गर्नुपरेकाले स्थगित गरिएको उनले बताए । स्थायी समिति बैठक यसअघि पनि बोलाएर पटक-पटक स्थगित हुँदै आएको छ ।

उता नेपाल समूहका केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एकतावद्ध बनाउनै नचाहेको बताएका छन्। बिहीबार नेपाल समूहको भर्चुअल केन्द्रीय कमिटी बैठकमा बोल्ने सबैजसो केन्द्रीय सदस्यहरुले यस्तो धारणा राखेका हुन्।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार अहिले पनि केन्द्रीय सदस्यहरुले बैठकमा आफ्नो धारणा राख्ने क्रम जारी छ। ‘केपी ओली एकता चाहँदैनन् भन्नेमा केन्द्रीय सदस्यहरुको एकमत देखिएको छ’, ती सदस्यले भने।

आफूहरुले एकतावद्ध एमाले चाहेको भए पनि ओलीले नै एकता नचाहेकाले अब अब सुदृढ पार्टी निर्माणका लागि अघि बढ्नुको विकल्प नरहेको उनीहरुले बताएका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार