देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले केन्द्रीय कमिटीको बैठक आज,नेपाल समुहका केन्द्रीय सदस्यलाई कारबाही गर्ने तयारी

0

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। पार्टी विभाजन भएपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।

बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा दिउँसो १२ बजेका लागि बोलाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। मंगलबार बसेको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्न आज केन्द्रीय कमिटी बैठक बोलाइएको हो।

बैठकमा पार्टीको आगामी महाधिवेशन, विधान महाधिवेशन, १० बुँदे सहमति कार्यान्वयन तथा सहमति कार्यान्वयनका सन्दर्भमा स्थानीय कमिटीको परिचालन एवम् पार्टी विभाजन गरी नयाँ पार्टीमा गएका नेता कार्यकर्तालाई कारबाही लगायतका विषयमा छलफल हुने तामाङले जानकारी दिए।

नेकपा एमाले विभाजन भएर बुधबार नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएको छ । उक्त दलका लागि एमालेका ५५ केन्द्रीय सदस्यले सनाखत गरेका थिए ।

बैठकमा १० बुँदे सहमति कार्यान्वयनका लागि स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्ने लगायत कार्यसूची रहेको तामाङले जानकारी दिए ।

यस्ता छन् बैठकका तीन एजेण्डा 

१. १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने
२. पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे
३. पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुको कारबाही प्रक्रिया अगाडि बढाउने ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार