देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले चियापानमा अध्यक्ष ओलीलाई झाँक्रीले दिइन् पुष्पगुच्छा उपहार

0

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल एमालेको चियापान समारोहमा सहभागी भएका छन्। अध्यक्ष केपी शर्मा ओलीको निमणत्रणामा प्रधानमन्त्री दाहाल च्यासलस्थित पार्टी कार्यालय पुगेका हुन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई गलत ब्रिफिङ गरेको भन्दै ओलीप्रति रुष्ट बनेका प्रधानमन्त्री दाहाललाई चियापान समारोहमा अध्यक्ष ओलीले स्वागत गरेका थिए।

त्यस्तै एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादीमा गएका नेतृत रामकुमारी झाक्रीले एमाले अध्यक्ष ओलीलाई पुष्पगुच्छा उपहार दिएकी छन्। उनले पुष्पगुच्छा उपहार दिँदै ओलीसँग तस्बिर खिचाएकी थिइन्।

यसैबीच एमालेको चियापानमा सभामुख देवराज घिमिरेसहित दलहरूका शीर्ष नेताहरू सहभागी भएका थिए। नेपाली कांग्रेसका सभापति देउवा, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नेताहरू सहभागी थिए।

त्यस्तै कूटनीतिक नियोगका प्रतिनिधी र उच्च पदस्थ अधिकारीहरूसमेत चियापान समारोहमा सहभागी भएका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार