देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले छोड्ने तयारीमा प्रभु साह

0

काठमाडौं – नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा रहेका पूर्वमन्त्री प्रभु शाहले एमाले छाड्ने संकेत गरेका छन् ।

आफूलाई स्थायी कमिटीमा नलगेको भन्दै असन्तुष्ट रहेका शाहले एमालेसमक्ष आइटी आर्मीलाई जनवर्गीय संगठनको मान्यता दिन माग गरेका छन् । तर अध्यक्ष ओलीले उनको यो विषय सुन्न नै नचाहेपछी उनि पार्टिनै छोड्ने तयारिमा पुगेका हुन् ।

प्रदेश २ मा माओवादीकै ज्वाला साहसँगको अन्तरविरोध रहेकै कारण उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चिढिएका थिए । नेकपा एकता अदालतबाट बदर भएपछिको सहमति कार्यन्वयन नहुँदा एमालेमा बस्न समस्या रहेको भन्दै उनले एमालेभित्र विधान महाधिवेशन नभई एकता महाधिवेशन हुनुपर्ने माग राखेका छन् ।

उनको आठ बुँदे मागमा जनताको बहुदलीय जनवाद होइन नेकपाले अपनाएको जनताको जनवादलाई महाधिवेशनमा लैजानु पर्ने मागसमेत राखेका छन् । त्यस्तै एमालेको जेठ २ अघिको वैधानिक कमिटी र पदाधिकारीलाई कायम गर्दा माओवादीको केन्द्रको वैधानिक कमिटी र पदीय हैसियतअनुसार मिलान गर्नुपर्ने माग राखेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार