देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले दैलेखको मतगणना स्थगित

0

काठमाडौं – नेकपा एमालेको जिल्ला अधिबेशन अन्तर्गत दैलेखको मतगणना स्थगित गरिएको छ । निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको हो ।

एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार सातौं जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनको निर्वाचन प्रक्रियामा फर्जी मत भेटिएपछि मतगणना स्थगित गरिएको हो । अब केन्द्रीय निर्वाचन आयोगको छानबिनपछि मात्र थप प्रक्रिया अघि बढाइने बताइएको छ ।

एमाले दैलेखमा अध्यक्षका लागि सूर्यबहादुर शाही र रविन्द्रराज शर्माबीच प्रतिस्पर्धा भइरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार