देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले नुवाकोटको अध्यक्षमा पुन: मैनाली

0

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली दोहोरिएका छन् ।

पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत भएको विद्युतीय मतदानमा मैनाली दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्। 

पाँचसय ९२ मतखसेकोमा मैनालिले तीनसय ४५ मत प्राप्त गरेका थीए भने उनका प्रत्यासीद्वय बुद्धिबहादुर प्रधानले दुईसय ३७ र माधवप्रसाद तिवारीले दश मत प्राप्त गरेका थिए ।

प्रमुख निर्वाचन अधिकृत रामकृष्ण खड्काका अनुसार उपाध्यक्षमा राजेन्द्ररमण खनाल, सचिवमा शिव चित्रकार, उपसचिवद्वय राजेन्द्रप्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित हुनुभएको छ ।

बुधबारदेखि सुरु आठौँ जिल्ला अधिवेशनमा  विभिन्न ३१ पदमा ८४ जना उम्मेदवार विजयी भएका छन् । कुल २८ जना सर्वसम्मत निर्वाचित भएको अधिवेशनमा कुल छ सय १७ जना प्रतिनिधिको सहभागिता थियो । 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार