देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले नेता एवं बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री कांग्रेस प्रवेश

0

काठमाडौं – नेकपा एमालेबाट निर्वाचित वलेफी गाउँपालिका सिन्धुपाल्चोक अध्यक्ष तथा एमाले वागमती प्रदेश सदस्य केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा अविर, माला, खादा र सदस्यता प्रदान गरेर सन्धुपाल्चोकका एमाले नेता केदार क्षेत्री, बिष्णु तिमल्सिना, सुवास सुन्दास र कृष्ण क्षेत्रीलाई कांग्रेस प्रवेश गराएका हुन् ।

‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानमा खटाइएका केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिने कार्यक्रमा पार्टी अफिस पुगेका देउवाले पूर्वनिर्धारित कार्यक्रम अनुरुप क्षेत्रीलाई पार्टी प्रवेश गराएका हुन ।

प्रवेश कार्यक्रममा पार्टी उपसभापति पूर्णबहादुर खड्का,केन्दीय सदस्य मोहन बहादुर बस्नेत लगायतका दर्जनौ केन्द्रीय सदस्य र जिल्ला नेताहरुको उपस्थिति थियो ।

जिल्ला अध्यक्ष हुन नपाएपछि नेकपा एमाले छाडेका क्षेत्री नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको पहलमा कांग्रेसमा प्रवेश गरेका हुन ।

एमाले छाडेपछि नेकपा एसमा जाने चर्चा चलेपनि क्षेत्री उनका भाइ व्यावसायी कृष्ण क्षेत्री सहित कांग्रेस प्रवेश गरेका हुन् ।

एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दै क्षेत्रीले केही समयअघि नेकपा एमाले छाडेको घोषणा गरेका क्षेत्री एमाले जिल्ला अध्यक्षका दाबेदार थिए । जिल्ला अध्यक्षमा यसअघिका सचिव कमल नेपाल चुनिएपछि क्षेत्रीले एमाले छाड्ने घोषणा गरेका थिए ।

लामो समयदेखि एमालेका विभिन्न कमिटीमा रहेर काम गरेका क्षेत्री २०७४ सालको निर्वाचनमा बलेफी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार