देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले नेता महेश बस्नेतविरुद्ध भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दा

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेकपा एमालेका युवानेता महेश बस्नेतविरुद्ध फौजदारी कसुरको उजुरी परेको छ। एमालेकै संगठनमा आबद्ध एक युवतीले बस्नेतविरुद्ध उजुरी दिएकी हुन्।

ती ३१ बर्षिय युवतीले जिल्ला प्रहरी परिसर काठमाडौँमा दिएको जाहेरीमा बस्नेतलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाइएको छ । पीडित युवतीले बस्नेतविरुद्ध हुलाकमार्फत चैत ७ गते जाहेरी निवेदन दिएकी थिइन्।

बस्नेतले आफूलाई काठमाडौँ महानगरपालिका-१०, बबरमहलस्थित सनसाइन अपार्टमेन्टमा र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयरमा आफूमाथि बलात्कार गरेको आरोप ति युवतीले बस्नेतमाथि लगाएकी छन्।

ती युवतीले बस्नेतले औषधि खुवाएर र अप्रेसन गर्न लगाएर २ महिना १५ दिनको भ्रूण हत्या गरेको आरोप पनि लगाएकी छन्। उनले मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरेकी छन्।

आफूमाथि भएको बलात्कार र भ्रूण हत्याको प्रमाण नष्ट गराउन आरोपी बस्नेतको निर्देशनमा सनसाइन अपार्टमेन्टमा दुई युवा आएर आफूलाई कुटपिट गरेको र मोबाइल र अन्य सामानहरू जबर्जस्ती खोसेर लगेको आरोप लगाएकी छन्।

पूर्वमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध जाहेरी परेपछि अहिले प्रहरीले प्रमाण संकलन गरिरहेको र बस्नेतसँग सोधपुछ पनि गरिरहेको बताएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार