देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले पार्टी नभएर पाटीपौवा बनिसक्यो : माधव नेपाल

0

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रुपमा नभई पाटीपौवामा परिणत भइसकेको टिप्पणी गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमालेको क्रान्तिकारिता नै भुत्ते भएकाले आफूहरुले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्क गरे।

‘त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन। धार भुत्ते भयो। भएपनि काम नलाग्ने, त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ। धारै छैन’, उनले भने, ‘क्रान्तिकारी चिन्तन नै छैन, समर्पणको भावना छैन भने, त्यो पार्टी पार्टी रहँदैन। त्यो पाटीपौवा हुन पुग्दछ। त्यो पाटीपौवाको केही काम छैन।’

अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढने भन्दै टोलटोलमा गएर पार्टीको संगठन निर्माणमा जुटन नेता, कार्यकर्तालाई निर्देशन दिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार