देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले बैठकमा भीम रावलको फरक मत, कार्यदलबाट राजीनामा दिने घोषणा

0

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी स्थायी समिति बैठकले गरेका केही निर्णयप्रति फरक मत राखेका छन् । उनले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा फरक मत राखेका हुन् ।

नेता रावलले बैठकमा ५ पृष्ठ लामो लिखित फरक मत राखेका छन् । उनले यसअघि पार्टीले गठन गरेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिने घोषणा समेत गरेका छन् ।

बैठकपछि संक्षिप्त प्रतिक्रिया दिंदै नेता रावलले भने ‘१० बुँदे कार्यान्वयनबारे केन्द्रीय कमिटीबाट निर्णय भएर अपानी–१२ जारी भयो, त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने विषय मेरो हो’, उनले भने, ‘त्यो कार्यान्वयन गर्दाखेरी कुन व्यक्तिको जिम्मेवारी के हुन्छ, कहाँ पर्छ भन्ने कुरा त्यसपछि मात्रै आउने कुरा हो ।’

प्रभु साहलाई खुसी बनाउन स्थायी कमिटी बैठकले दुई जनालाई केन्द्रीय सदस्यमा बनाउने निर्णयमा आफ्नो विमति रहेको पनि नेता रावलले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार