देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले महाधिबेशन-रावलको उमेदवारीले बन्द सत्र अन्योलमा

0
<p>फोटो &#8211; अन्नपुर्णपोष्ट</p>

फोटो – अन्नपुर्णपोष्ट

चितवन – नेकपा एमाले को १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरु हुन सकेको छैन। पदाधिकारी चयनका बिषयमा सहमति नबन्दा बन्द सत्र सुरु हुन नसकेको हो।

अहिले अध्यक्ष शर्मा केपी ओलीले सहमतिका लागि नेताहरूसँग छलफल गरिरहेका भएतापनी उपाध्यक्ष भिम रावलको अध्यक्षको उमेदवारीले बन्द सत्र अन्योल भएको हो ।

अध्यक्षको उमेदवारी फिर्ता गराउन भिम रावललाई ओलीनिकट नेताहरूले अन्तिम कसरत गरिरहेका छन्। यद्यपि उनले अध्यक्षमा प्रचार सुरु गरिरहेका छन्। उनले कुनै पनि हालतमा उमेदवारी फिर्ता नलिने र अध्यक्षमा केपी ओलीसँग भिडेरै जाने बताएका छन्।

यहीबीच रावल निकटस्थलहरुले महाधिवेशनमा चुनाव हुने बताउन थालेका छन् । स्वयम् रावलले नेतृत्वले बलमिच्याईं गरे कानुनी उपचारमा गएर प्रतिवाद गर्ने चुनौती सार्वजनिक रुपमा दिइसकेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार