देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले र राप्रपा (नेपाल)बीच तालमेल गरेर चुनाव लड्ने सहमती

0

काठमाडौं – प्रमुख प्रतिपक्ष दल एमाले र कमल थापा नेतृत्वको  राप्रपा (नेपाल)बीच चुनावी तालमेल हुने भएको छ ।

राप्रपा नेपालसँग निरन्तर संवादमा रहेका एमाले नेता देवेन्द्र दाहालले राप्रपा एमाले तालमेलबारे सोमबारसम्म निर्णयमा पुगिने बताए ।

‘राप्रपा नेपालसँग कुरा भइरहेको छ । उहाँहरूले उम्मेदवार नउठाएको ठाउँमा हामीलाई सघाउने भन्ने छ । यसपटक उहाँहरूले सूर्य चिह्नमा उठ्ने भन्ने छ,’ उनले भने ।

गठबन्धन गर्न दुवै पक्षबीच सहमति भएको राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठको भनाइ छ । ‘एमालेसँग गठबन्धन गर्ने भन्ने विषय करिब–करिब टुंगो भइसकेको छ ,’ उनले भने ।

कमल थापासँग तालमेलको बिषय अघि बढेपछी राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र एमालेबीच भने छलफल रोकिएको छ । राप्रपा एक्लै चुनावी मैदानमा जाने योजनामा रहेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार