देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले वडाध्यक्षका प्रत्यासी थापा काँग्रेस प्रवेश

0

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका -३ का नेकपा एमालेका प्रभावशाली स्थानिय नेता केदार थापा काँग्रेस प्रवेश गरेका छन् ।

२०७४ को स्थानीय निर्वाचनमा इन्द्रावती ३ बाट नेकपा एमाले को तर्फबाट वडा अध्यक्ष को प्रत्यासी थापालाई नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले काँग्रेस प्रवेश गराएका हुन् ।

स्थानिय तहमा राजनिति तथा समाजसेवामा राम्रो छवि बनाएका थापाको प्रवेशले इन्द्रावती ३ मा मात्र नभइ समग्र इन्द्रवतीको काँग्रेस राजनितमा सकारात्मक प्रभाव पर्ने स्थानिय काँग्रेस नेता तथा नेविसंघ पुर्व केन्द्रिय सदस्य तेज बानियाँले बताए ।

कम्युनिष्टको असली सिद्धान्तनै झुट र भ्रम रहेको कुरा आफुले थाहा पाएपछी आफु यो पार्टिमा रहिरहनुभनेको जिवन बर्बाद गर्नुहो भन्ने निष्कर्षकासाथ काँग्रेसले लिएको लोकतान्त्रिक समाजवादको बाटोमा हिंड्ने निधो गरेको नव प्रवेशी थापाले बताए ।

पार्टिप्रवेश कार्यक्रममा काँग्रेस पुर्व केन्द्रिय सदस्य बिष्णु बिक्रम थापा सिन्धुपाल्चोक क्षेत्र नं २ प्रदेश क का सभापति केशबराज गिरी लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको काँग्रेस महाधिबेशन प्रतिनिधी उद्धव बानियाँले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार