देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले सचिवालय बैठक ओली निवासमा जारी

0

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट, भक्तपुरमा बसिरहेको छ।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेलगत्तै अध्यक्ष ओलीले सचिवालय बैठक बोलाएका थिए।

यसअघि भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्नेगरी बैठक आह्वान गरिएपनि अन्तिममा अध्यक्ष ओलीकै निवासमा बसेको हो।

बैठक प्रधानन्यायाधीश राणाविरुद्ध आइतबार संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव र आसन्न स्थानीय निर्वाचनबारे छलफल हुने बताइएको छ।

एमाले सोमबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक समेत बोलाएकोले सो बैठकअघि सचिवालय बैठकमा छलफल गर्न लागेको हो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार