देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले सचिवालय बैठक बस्दै

0

काठमाडौ – नेकपा (एमाले) को सचिवालय बैठक आइतबार (आज) बस्दै छ ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनका अनुसार बैठकमा स्थानिय निर्वाचनको समिक्षा सँगै आगामी संघीय चुनावको तयारी तथा समसायिक विषयमा छलफल हुने छ ।

बैठकमा निर्वाचनसँगै प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल हुने रिजालले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार