देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान वडा सदस्यमै पराजित

0

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेलले वडा सदस्यमै पराजित भएका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १ बाट नेकपा एमालेको तर्फबाट खुला वडा सदस्य लडेका पौडेललाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन् ।

वालिङ–१ मा खसेको १ हजार ८ सय ३४ मतमा पौडेलले ६ सय ४५ मत पाएका थिए । यस्तै, उनलाई पराजित गरेका अर्यालले १ हजार १ सय १२ मत पाएका थिए । उक्त वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ।

जिल्ला विकास समिति स्याङ्जाका पूर्व उपसभापति समेत भइसकेका पौडेल जिल्ला समन्वय समितिको प्रमुख हुनकालागी वडा सदस्य लडेका थिए ।

पौडेलले पराजित भएपछि निर्वाचनमा हारजित स्वाभाविक भएको प्रतिक्रिया सामाजिक सञ्जाल मार्फत दिएका छन् । उनले चुनावमा होमिएपछि जित र हार स्वाभाविक प्रक्रिया रहेको उल्लेख गरेका छन् ।

‘जितेको अवस्थामा जनताकै काम गर्ने हो, हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो। सबै साथीहरू धैर्य बनौँ’ पौडेलले फेसबुकमा लेख्छन्,’अभियानमा सहयोग गर्नु हुने र मतदान गर्नु हुने सबैमा धन्यवाद ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार