देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले सांसद मोहन बानियाँ निलम्बित

0

काठमाडौं – बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन्।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्वनमा परेको सूचना पढेर सुनाएलगत्तै बानियाँ सांसदबाट निलम्बित भएका हुन्।

बानियाँविरुद्ध एक महिलाले जबरजस्तीकरणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन्। महिलाको उजुरीपछि फरार रहेका बानियाँलाई एकसाता अघि नेपालगञ्ज विमानस्थलबाट प्रहरिले पक्राउ गरेकाे थियाे।

निलम्वित सांसद बानियाँलाई प्रहरिले हिरासतमा राखेर घटनाको अनुसन्धान गरिररहेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार