देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एम्नेस्टी इन्टरनेसनलले प्रधानमन्त्रीलाई सोध्यो – ‘सिरोहियालाई किन थुनेको ?’ 

0

काठमाडौं – नेपाल भ्रमणमा रहेकी एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छिन् ।

शुक्रबार भएको शिष्टाचार भेटवार्तामा कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष कैलाश सिरोहियालाई थुन्नुको कारण सोधेकी छिन् ।

प्रधानमन्त्री दाहालका एक सल्लाहकारका अनुसार महासचिव कालामार्डले भनिन्, ‘केएमजीका अध्यक्ष सिरोहियालाई किन थुन्नु भयो?’ जवाफमा दाहालले नागरिकताको कारण देखाउँदै २/३ दिनमा अनुसन्धान गरेर हिरासतबाट छुट्ने प्रतिक्रिया दिएका थिए ।

प्रधानमन्त्री दाहालले महासविच कालामारलाई भने बुधबार थप तीन दिनको लागि अनुसन्धानमा राख्नको लागि म्याद थप भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार