देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एयरपोर्टको सुरक्षामा खटिएका प्रहरीनै मानव तस्करीको आरोपमा पक्राउ

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव तस्करीमा संलग्न भएका आरोपमा एक जना प्रहरी पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरेको हो।

तामाङले मानव तस्करको गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भिजिट भिसामा सर्वसाधारणलाई दुबईलगायत खाडी मुलुक पठाउने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरी स्रोतका अनुसार उनी मानव तस्करका गिरोहसँग मिलेर भिजिट भिसामा सर्वसाधारणलाई खाडी मुलुक उडाउने कार्यमा संलग्न थिए। यसबारे प्रहरीले थप अनुसन्धान सुरू गरेको छ।

प्रहरी स्रोतका अनुसार उनको थप कनेक्सनबारे समेत अनुसन्धान भइरहेको छ। पक्राउ परेका तामाङ विगत तीन वर्षदेखि त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यकरत रहेको प्रहरीले जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार