देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एलएलबी प्रवेश परीक्षाको फाराम खुला

0

काठमाडौं – त्रिभुवन विश्वविद्यालय कानुन संकायअन्तर्गत स्नातक तह एलएलबी प्रथम वर्षको प्रवेश परीक्षाको आवेदन खुला गरेको छ।

त्रिवि कानुन संकायको डिन कार्यालयले २०७९ साल वैशाख ४ गते देखी जेठ ४ गते सम्म प्रवेश परीक्षाको फारम भर्न सक्ने जनाएको हो। प्रवेश परीक्षामा सहभागी हुन मान्यताप्राप्त शिक्षणसंस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने सुचनामा उल्लेख छ।

प्रवेश परीक्षा २०७९ जेठ २१ गते शनिवार सम्बन्धित क्याम्पसले तोकेको परीक्षा केन्द्रमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने डीन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार