देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एसइई विद्यार्थीका लागि एनसेलको ‘पहिलो सिम’

0

काठमाण्डौं – एनसेल आजियाटा लिमिटेडले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)का विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर ल्याएको छ ।एनसेल कम्पनीले एसइईका विद्यार्थीले १ रुपैयाँमा प्रिपेड सिमको खरिदका साथै निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको फाइदा दिने योजना ल्याएको हो ।

सिम लिएपछि निःशुल्क माइफाइभ सेवाका लागि आफूलाई सधैँ सम्पर्कमा रहिरहनुपर्ने पाँचवटा एनसेल नम्बरहरू सजिलैसँग माइफाइभ समूहमा सेट गर्न सकिने कम्पनीले जनाएको छ । नम्बरहरू माइफाइभ समूहमा राखेपछि पहिलो ३० दिनसम्म ती नम्बरहरूमा निःशुल्क कुराकानी गर्न सक्ने एनसेलले जनाएको छ ।

३० दिनपछि ११ महिनासम्म प्रतिमिनेट ९९ पैसामा कुरा गर्न सकिने कम्पनीले जनाएको छ । पहिलो सिम सुचारु गरेपछि सुचारु गरेको पहिलो दिनको मध्यरात सम्ममा १ सय रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ग्राहकले ३० दिनसम्म हरेक दिन १ सय एमबी डेटा बोनसका रूपमा प्राप्त गर्ने एनसेलले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार