देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एसईई खारेज गरौं – भट्टराई

0

(काठमाडौं) – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार संघीय संसदको बजेट अधिवेसनमा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । माध्यमिक शिक्षाको अन्तिम खुड्किलो कक्षा १२ को परीक्षा भएकोले केन्द्रबाट नियन्त्रण गरेर यो परीक्षा सञ्चालन गर्नुको औचित्य नभएको उनले बताए ।

कोभिड १९ को संक्रमण त्रासका कारण चैत ६ गतेदेखि सुरु गर्न लागिएको एसईई अहिले रोकिएको छ । तर विद्यार्थीहरुमा परीक्षाको कारण मानसिक तनाव दिएको उनले बताए । औचित्य नरहेको परीक्षा सञ्चालन गर्नुको अर्थ नरहेको उनको भनाइ थियो ।

कोभिड १९ को त्रासमा रहेका विद्यार्थीलाई लकडाउन खुल्ने बित्तिकै परीक्षा हुन्छ भन्दै वर्तमान शिक्षामन्त्रीले भाषण गरेर थप त्रास सिर्जना गरेको उनले आरोप लगाए । कोभिड १९ को त्रासका कारण स्थगित भएपछि पछिल्लो समय एसईई आन्तरिक मूल्यांकन गरेर सञ्चालन गर्ने कि नगर्ने भन्दै यस क्षेत्रका जानकारहरुबीच पक्ष र विपक्षमा वहस सुरु भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार