देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ए डिभिजन लिगको सातौं चरणका खेल आजबाट सुरु हुँदै

0
<p>फाइल फोटो</p>

फाइल फोटो

(काठमाडाैं) –  ए डिभिजन लिग फुटबलको सातौं चरणका खेल आजबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार मछिन्द्रले शुक्रबार तालिकाको पुछारबाट दोस्रोमा रहेको हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

खेल अपरान्ह ३ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । लिगको शीर्ष स्थानको मच्छिन्द्र क्लब अग्रता बढाउने अवसरको खोजीमा हुनेछ । छैटौं खेलसम्म अपराजित रहेको मच्छिन्द्रको १३ अंक छ ।

चारमा जित र दुईमा बराबरी गरेको ऊ आफ्नो लयलाई यथावत राख्न चाहन्छ । अर्कोतर्फ हिमालयनले दुईमा हार र ४ खेलमा बराबरी गर्दै ४ अंक जोडेको छ । तालिकामा समान १३ अंक भएपनि त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ ।

डिफेण्डिङ च्याम्पियन मनाङ मर्स्याङदी १२ अंकका साथ तेस्रो स्थानम रहेको छ । जारी सिजनमा लय गुमाएको ललितपुरे क्लब थ्रीस्टार १० अंकका साथ तालिकाको चौंथो स्थानमा रहेको छ ।

तालिकामा ९ अंक जोडेको जावलाखेल क्लब पाँचौं, ८ अंक जाडेको न्यूरोड टिम एनआरटी छैटौं, समान ८ अंक भएको नेपाल पुलिस क्लब सातौं र ८ अंक नै जोडेको संकटा क्लब गोल अन्तरका आधारमा आठौं स्थानमा छ ।

त्यस्तै, ७ अंकका साथ ब्रिगेड ब्वाइज क्लब नवौं, ६ अंकका साथ च्यासल युथ क्लब १० औं स्थानमा रहँदा ५ अंक रहेको सशस्त्र प्रहरी बल एघारौं, ५ अंक नै जोडेपनि गोल अन्तरमा फ्रेन्डस क्लब १२ औं स्थानमा छ । जारी लिगमा १ अंक मात्र जोडेको सरस्वती युवा क्लब अन्तिम अर्थात चौधौं स्थानमा छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार