देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

0

(काठमाडौं) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज (आईतबार) दुई खेल हुँदैछ । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टाेलीबीचकाे खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्न १२ बजे सुरू हुनेछ ।

रेलिगेशनबाट संघर्षरत शेर्पा ७ अंक सहित १२ औं स्थानमा छ । शीर्ष ६ को दौडमा रहेको संकटालाई समेत जित आवश्यक छ । उसले १२ अंक जोड्दै तालिकाको आठौं स्थानमा छ ।

दोस्रो खेलमा दुई विभागीग टाेली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

उपाधि होडमा रहेको आर्मी विभागीय टिमविरुद्ध जित निकाल्दै शीर्ष स्थानमा फर्कन चाहन्छ । पुलिस भने शीर्ष ६ को दौडमा आफुलाई सुरक्षित गर्न चाहन्छ ।

आर्मी २० अंक सहित दोस्रो स्थानमा छ । पुलिस १४ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार