देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

’ए’ डिभिजन लिगमा मनाङको लगातार दोस्रो जित

0

काठमाडौं – सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले लगातार दोस्रो जित निकालेको छ । साविकको विजेता मनाङले त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मीलाई जित दिलाउन दयानन्द सिंहले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समयमा गोल गरेका हुन् ।

जितसँगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले दुई खेलबाट ६ अंक जोडेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार