देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

0
<p>तस्बिर सौजन्य : एन्फा</p>

तस्बिर सौजन्य : एन्फा

(काठमाडौं) – कतार एयवेज शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ । पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र पुलिस क्लबबीचको खेल ललितपुरको सातदोबटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।

खेल मध्यान्न १२ बजे सुरु हुनेछ । दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र ललितपुरे क्लब थ्री स्टारबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र थ्री स्टारबीच दशरथ रंगशालामा दिउँसो ३ बजे आमने सामने हुनेछन् । दुवै टिम जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ ।

पुलिस ६ खेलमा २ खेलमा जित, २ मा हार, २ बराबरी सहित ८ अंक जोडेर तालिकाको सातौ स्थानमा छ । जावलाखेल २ खेलमा जित, १ मा हार र ३ बराबरी सहित ९ अंक जोडेर पाँचौ स्थानमा छ । उपाधि होडमा रहेका दुवै टिमलाई जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर छ ।

मनाङ ६ खेलमा ३ जित र ३ बराबरी सहित १२ अंक जोडेर तेस्रो स्थानमा छ । थ्री स्टार ६ खेल मध्य ३ मा जित, २ हार र १ बराबरी सहित १० अंक जोडर तालिकाको चौंथो स्थानमा छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार