देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ओखलढुंगाको चम्पादेवीमा निरन्तर राहत वितरण

0

( ओखलढुंगा) – कोरोना भाइरस संक्रमणको कारण भएको लकडाउनको समयमा ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले विभिन्न वडाहरुमा राहत वितरण गरेको छ। कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियनमा रहेको गाउँपालिकाले राहत संगै पहिलो चरणमा माक्र्स, साबुन,सेनिटाइजर, हेड बाँस लगाएतका सामग्री वितरण गरेको थियो।

त्यस्तै  दोस्रो चरणमा  दाल, चामल, नुन, तेल, मल लगाएतका सामग्री १,२,३,४,५ नम्बर वडाहरु वितरण गरि सकेको छ भने  अरु ६,७,८,९,१० वडामा पनि सोहि किसिमका राहत प्याकेज वितरण गर्न निरन्तर रुपमा रहने  राहत वितरण संकलन  समितिका संयोजक तथा गाउँपालिकाका   प्रवक्ता अजय लुइँटेलले जानकारी दिएका छन।

चम्पादेविका जनताको दुखको समयमा सदैव सेवामा  समर्पित हुने र कोही जनतालाई भोकमरी र खाना नपाइ मर्नुपर्ने अवस्था सिर्जना नगराउन आफू निरन्तर सक्रिय रहने  गाउँपालिका अध्यक्ष नबराज केसिले बताएका छन । गाउँ पालिका भित्रका नागरिक कसैले पनि भोकै बस्नु नपर्ने भन्दै अध्यक्ष केसीले सबैले सचेत बनेर महामारी विरुद्ध लड्नु पर्ने बताएका छन।

त्यस्तै प्रमुख प्रशाशकिय अधिकृत सरोज थापाले  उक्त राहत वितरण कार्यक्रम कहाँ कसरी र के गरि वितरण भएको सहि र यथार्थ सुचना र प्रचार  सामाजिक संजालमा गर्नका साथै आवस्यक सुझाव सल्लाहको लागि अनुरोध गरेको कुरा स्थानीय उत्तम फुयालले जानकारी दिएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार